Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पेट्रोलको मूल्य फेरि घट्यो, मट्टितेल र हवाई इन्धनको मूल्य पनि सस्तियो

पेट्रोलको मूल्य फेरि घट्यो, मट्टितेल र हवाई इन्धनको मूल्य पनि सस्तियो

काठमाडौँ, नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ। आइतबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको निगमले जनाएको छ । घटेको मूल्य आइतवार बिहान १ बजेदेखि लागू हुने निगमले शनिवार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। त्यस्तै निगमले एलपी ग्यासको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ।

यस्तै मट्टितेल र हवाई इन्धनमा पनि मूल्य घटाइएको छ । हवाई इन्धनमा बाह्यतर्फ प्रतिलिटर १.००५ डलर भएको भने, पोखरा भैरहवाप्रतिलिोलिटर ९०५ डलर कायम गरिएको छ । यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासमा बढेर आएपनि हाललाई यथावत राखिएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।

इता पेट्रोलको मुल्यको असर डिपोहरुलाई भन्दा पनि सर्वधारण्लाई पर्ने गरेको छ ।

यस्तो बिषयमा सरकार सधैँ बेखबर बन्छ । देशमा महङगीले जनताको जीनाहराम गरे पनि नेतृत्व भने सत्ताको खेलमा लागी परेको छ ।सरकार भागभण्डामै सिमीत हुँदा जनताले मार खेपी रहेका छन् ।