Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले बढ्यो

काठमाडौं- सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले बढेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ हुँदा चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको थियो।