Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि नेपाली बजारमा सुनको मूल्य बढ्यो

आज पनि नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो ।

यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।