Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पशुपन्छी तथा कृषिजन्य व्यवसायी किसानहरुलाई सहुलियत दरमा ऋण वितरण

पशुपन्छी तथा कृषिजन्य व्यवसायी किसानहरुलाई सहुलियत दरमा ऋण वितरण

काभ्रे,कोरियाली अन्तराष्ट्रीय सहयोग नियोगको सहयोगमा सहमति संस्था गैडाकोटद्वारा संचालित एकीकृत स्वास्थ्य र आय वृद्धिका माध्यमबाट नेपालका ग्रामिण समुदायको सशक्तीकरण परियोजनाले चौरीदेउराली गाउपालिका वडा न. ३ माझिफेदामा अवस्थित शैलुङ्गेश्वरि बचत तथा ऋण सहकारी संस्था लि. को समन्वयमा कृषि तथा पशुपन्छीपालन गर्ने व्यवसायिक किसानहरुलाई सहुलित ब्याजदरमा घुम्तिकोष अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

चौरिदेउराली गाउपालिका वडा न. ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा ५ वटा कृषक समुहका ११ जना किसानहरुलाई ७% ब्याजदरमा रकम हस्तान्तरण गरिएको थियो । एकीकृत स्वास्थ्य र आय वृद्धिका माध्यमद्वारा नेपालका ग्रामिण समुदायको सशक्तीकरण परियोजनाको तर्फबाट अनुदानमा रु. ४,७५,००० र शैलुङ्गेश्वरि बचत तथा ऋण सहकारी संस्था लि.को लगानी रु. २,२५,००० गरि जम्मा रु. ७,००,००० (सात लाख रुपैयाँ मात्र ) किसानहरुको ब्यवसायिक योजनाका आधारमा वितरण गरिएको थियो।

घुम्तीकोष वितरण कार्यक्रमका परियोजनाका परियोजना क्षेत्र संयोजक धुर्ब गौतमले घुम्ती कोष परिचालनको उद्देश्यका बारे प्रकाश पार्नुका साथै कृषक हरुलाई सफल व्यवसायी बन्नको लागि शुभकामना दिनु भयो । शैलुङ्गेश्वरि बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक

दिपेन्द्र चौलागाईंले घुम्ती कोष परिचालन सहकारीको लागि एक सुवर्ण अवसर प्राप्त भएको र यस कोष द्वारा ग्रामिण किसानहरु ब्यवसायिक किसान बन्ने र कृषकहरुको आर्थिक स्तरोन्नति भई सामाजिक बिकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो र किसानहरुलाई समयमै ऋण चुक्ता गरी समुदायका अन्य किसानहरुलाई पनि घुम्ती कोषको अवसर दिन आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि चित्र प्रसाद चौलागाईले घुम्ती कोष परिचालन सहकारीको मर्म अनुसार ग्रामिण किसानहरुको आर्थिक उत्थानका लागि कोसे ढुंगा साबित हुने तर्क राख्नुभयो उहाले किसानहरुलाई ऋणको सहि सदुपयोग गरि बढी भन्दा बढी लाभ प्राप्त गरि समयमै ऋण चुक्ता गर्न सुझाब दिनु भयो ।

ग्रामिण किसानहरुको आय आर्जन वृद्धि गर्ने उद्देश्यले त्यस परियोजनाले स्थानीय कृषक समूह र सहकारीहरू सङ्ग सहकार्य गरि तरकारी खेति, पशुपालन र पुराना व्यवसाय हरुको प्रबर्धन गरि स्थानीय किसानहरुलाई विभिन्न कृषिजन्य व्यवसायमा सम्लग्न गर्दै आएको छ ।

परियोजनाले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्ने उद्देश्य अनुरुप कृषि उपज संकलन केन्द्रको स्थापना गरेको छ र कृषि उपज ढुवानीको लागि छिट्टै एक गाडीको पनि व्यवस्था गर्ने जानकारी दिएको छ ।