Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मंगलबार सुनको मूल्य स्थिर

मंगलबार सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो। यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच चाँदीको मूल्य भने मंगलबार वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।