Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको हो । आज सुन तोलामा एक लाख ४१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।