Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मुल्य घटेको छ ।

शुक्रबार १ लाख ४५ हजारमा कारोबार भएको सुनको मूल्य आज ४ हजारले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ३ हजार ९ सय ५० रुपैयाँले घटेको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ ७५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको हो ।