काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
आज छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो । सोमबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भइरहेको छ ।
आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।