Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदी व्यवसायी सङ्घको सातौँ अधिवेशनले रोहिनादेवी शाक्यलाई अध्यक्ष पदकमा सर्वसम्मत चयन

सुनचाँदी व्यवसायी सङ्घको सातौँ अधिवेशनले रोहिनादेवी शाक्यलाई अध्यक्ष पदकमा सर्वसम्मत चयन

काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको शनिबार सम्पन्न २१औँ वार्षिक साधारणा सभा तथा सातौँ अधिवेशनले रोहिनादेवी शाक्यलाई अध्यक्ष पदकमा सर्वसम्मत चयन गरेको छ । पछिल्लो कार्यसमितमा उहाँ सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

निर्विरोध चयन भएको कार्यसमितिमा उपेन्द्रकाजी शाक्य, मुक्तीरत्न वज्राचार्य र दशरत्न वज्राचार्य उपाध्यक्ष हुनुहुन्छ । लेखरत्न शाक्यले सचिव, रमेशमान शाकयले कोषाध्यक्ष, अभिषेक शाक्यले सचिव र पद्मेश शाकयले सह कोषाध्यक्षको जिम्मेवारी पाउनुभयो । सदस्यमा सुर्यरत्न वज्राचार्य, सुरेन्द्रकाजी शाकय, सुजेन शाक्य, निकेशरत्न वज्राचार्य, मनिष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, संजयरत्न शाक्य, माणिकरत्न शाक्य, रविन्द्र शाक्य, कबीरचन्द्र वज्राचार्य, सन्दिप शाक्य र अरुणा श्रेष्ठ रहनुभुएको छ ।

यसअघि, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले साधारण सभाको उद्घाटन गर्नुभएको थियो । मन्त्री श्रेष्ठले सुनचाँदी व्यवसाय लिच्छविकालमै सुरुआत भएकोले यो आफैमा इतिहास हो तर अहिले पुस्तान्तरण भइरहेको यो व्यवसायमा अहिले युवा आकर्षक घट्नु चिन्ताको विषय हो, भन्नुभयो । उहाँले यसमा युवा पुस्तालाई टिकाउन युवा मन्त्रालयले केही योजना ल्याउने बताउनुभयो । यसैगरी मन्त्री श्रेष्ठले काठमाडौँ, सुनचाँदी व्यवसायी संघले समाजिक उत्तरदायिकत्वअन्तर्गत खेलकुदमा सहकार्य गर्ने सल्लाह पनि दिनुभयो । खेलकुद राष्ट्रिय एकताको प्रतीक हो । खेलसँग जुडेमा पक्कै पनि राम्रो अनुभूति हुनेछ– उहाँले भन्नुभयो ।

यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बजारमा संलग्न व्यापारीले नभई बाहिरी तत्वले गर्दा तस्करी भइरहेको छ, भन्नुभयो । नेपालकै कलालाई विदेशमा देखाउन मिल्ने यस व्यवसाय अहिले गलत देखिरहेको छ, बदनाम भइरहेको छ । नीति नियम नहुँदा यस्तो भइरहको हो, उहाँले भन्नुभयो ।

अध्यक्ष सुरेश शाक्यले आफ्नो तीन वर्षे कार्यकालमा यस संस्थाको गरिमा अझ उच्च पार्न कार्य गरेको भनाई राख्नुभयो । उहाँले अहिले सुनचाँदी व्यवसायमा सबभन्दा ठुलो समस्या भनेको विदेशबाट भन्सार तिरी ल्याएको बिल समेत भएको सुन खरिद गर्दा समेत राजश्व अनुसन्धान विभागबाट व्यवसायीहरुलाई पक्रने कार्य हुनु हो, भन्नुभयो । राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यो व्यवसायलाई नियमनको दायरामा ल्याउन जरुरी भइरहेको बताउनुभयो ।