श्री कल्याणकारी बहु-उद्धेश्यीय सहकारी संस्था लि, चौंरी देउराली गाउपालिका वडा नं ३ ले समुदायसँग कल्याणकारी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका अत्यन्तै बिपन्न तर जेहेन्दार बिध्यार्थिलाई शैक्षिक राहत कार्यक्रम अन्तर्गत बिपन्न तर जेहेन्दार बिध्यार्थिलाई शिक्षाबाट बन्चित हुन नपरोस भन्ने सोची आवश्यक पर्ने शैक्षिक सामाग्री अभाब नहुने गरि हरेक वर्ष, बिद्यालय पोशाक, जुत्ता, झोला, आवश्यक स्टेशनरी सामाग्री वितरण शुरु गरि यस वर्ष श्री सुर्य हिमालय आधारभूत बिद्यालयका कक्षा ३ कि कुसुम तामाङ्ग र कक्षा १ का पेन्जु तामाङ्ग गरि २ जना बिध्यार्थिलाई कक्षा १२ सम्म अध्ययनको लागि पहिलो वर्षको शैक्षिक सामाग्री यहि पौष २१ गते शनिवारका दिन वितरण गरेको छ ।
विवाद रहित निष्पक्ष ढङ्गले अत्यन्तै आवश्यक बिध्यार्थिलाई मात्र सहुलिएत उपलब्ध गराउनको लागि सम्बन्धित वडा कार्यालयको निर्णय सहितको सिफारिस लिएरमात्र राहात सामाग्री हस्तान्तरण गर्ने गरेको र संस्थाले समुदायसँग पनि सहकारी उत्तरदायी छ है भन्ने अत्यन्तै उच्च उदाहरण प्रस्तुत गरेको कुरा वडा अध्यक्ष श्री चित्र प्रसाद चौलागाईले बताउनु भयो।
यस कार्यक्रम अन्तर्गत संस्थाले २ जनाबाट शुरु गरि १२ औं वर्ष पुग्दा सम्म हरेक वर्ष २४ जना आर्थिक अवस्था कमजोर भएका तर जेहेन्दार बिध्यार्थिलाई कक्षा १२ सम्म अध्ययनको लागि चाहिने सबै सामाग्री उपलब्ध गराइ संस्था र सहकारीको एम्बेसडरको रुपमा उत्पादन गर्ने, लक्ष्य लिएको र यो सुरुवात भएको कुरा संस्थाका अध्यक्ष श्री लक्ष्मण गौतमले जानकारी दिनुभयो।
संस्थाले सदस्य सेवाका क्षेत्रमा सदस्य सुत्केरी राहात कार्यक्रम, आगलागी, चट्याङ्ग तथा दैवी प्रकोप क्षतिमा राहात, सदस्यलाई गम्भीर रोग लागेमा उपचारको लागि राहात रकम दिनुको साथै सहुलिएत छिटो छरितो ऋण समेत उपलब्ध गराउनुको साथै सदस्यको प्राकृतिक वा दुर्घटनाको कारानार्थ देहावसान भएमा घर परिवारलाई राहात रकम उपलब्ध गराउदै आएको संस्थाका सचिव श्री मोहन ढुङ्गेलले जानकारी गराउनु भयो।
राहात सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष, सोहि वडाको माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री राजु चौलागाईं, श्री सुर्य हिमालय आधारभूत बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा पदाधिकारीहरु साथै श्री कल्याणकारी बहु- उद्धेश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकारज्युहरु, ब्यबस्थापक तथा कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थितिमा शैक्षिक सामाग्री हस्तान्तरण भएको थियो।