Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ महानगरमा अब पर्यटकका लागि पिक अप ड्रपको सुविधा

काठमाडौँ महानगरमा अब पर्यटकका लागि पिक अप ड्रपको सुविधा

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र एक पछि अर्को गर्दे चमत्कारी कार्यहरु गर्दै आएका छन् । विभिन्न चमत्कारी कामहरु गरेर सर्वसाधारणलाको मन जित्दै आएका मेयर शाहले विदेशबाट घुम्न आउने पर्यटकका लागि सेवा सुविधा सहितको काम गरिरहेका छन् ।

पर्यटकहरुले भोग्दै आएका विभिन्न समस्यालाई मध्येनजर गर्दै सो समस्या केही हदसम्म न्यूनिकरण गर्न र पर्यटकलाई सहज बनाउन महानगरका विभिन्न स्थानमा अहिले धमाधम पार्किङ स्थल तोकिँदै छ ।

महानगरभित्र आउने विदेशी पर्यटकको सहजका लागि पर्यटक सवारी पार्किङको समस्या कम गर्न निशुल्क पार्किङ सेवा पार्किङ स्थल उपलब्ध भइरहेको हो ।

महानगरले तोकिएका पार्किङ स्थानमा पर्यटक पिक अप ड्रभ भनेर लेखिएको बोर्ड राखिने छ । यसो गर्दा पर्यटकहरु हराउने, अलमल हुने वा बस छुट्ने सम्भावना निकै कम रहन्छ । पर्यटकलाई पार्किङ स्थाल सम्म पुग्न गुगल म्यापको समेत व्यवस्था हुने नेपाल टुरिस्ट भेकल एसोसियसनले जनाएको छ ।

हुनत नेपाल टुरिस्ट भेकल एसोसियसन र काठमाडौँ महानगरको समन्वयमा यस भन्दा अगाडीपनि पर्यटक पिक अप ड्रभ लेखिएको बोर्ड काठमाडौँका विभिन्न स्थानमा राखेको थियो । यो भने दोस्रो चरणको थालनी हो ।

अहिले दोस्रो चरणमा काठमाडौँको ९ स्थानमा पार्किङ स्थाल तोकी उक्त बोर्ड राखिँदै छ । पहिलो नम्बरमा जुद्धशमशेरको सालिक अगाडीबाट शुरुवात गर्दै, अन्य स्थानहरु न्युरोड, महाङ्काल, ठमेल सन्चयकोष भवन अगाडी, सरस्वती कयाम्पस, शाक्य फर्म सोर्हखुट्टे, कालधारा चोक, परोपकार फुलवारी, स्वयम्भु गरी ९ वटा स्थानमा पार्किङ्को साथै पर्यटकहरुलाइ पिक अप ड्रपको सुबिधा हुने गरी स्थान पक्का गरिएको छ ।

हाम्रा प्राकृतिक तथा पुरातात्वयीक सम्पदाहरु पर्यटकहरुको मुख्य आकर्षण हो । जसकारण बर्षेनी नेपाल घुम्न पर्यटकहरु आउँछन् । नेपाल आएका पर्यटकलाई राम्रो सेवा सुविधा दिन सकियो भने पनि नेपालको आर्थिक क्षेत्रमा निकै सुधार गर्न सकिन्छ ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले पनि यस विषयलाई प्रथामिकतामा राख्दै आएको छ । उपत्यका भित्रिने पर्यटकले कुनै पनि किसिमको झमेलामा परी हैरानी खेप्न नपरोस भन्ने उदेश्यले अहिले यो सुविधा लागु भएको हो ।

पिक अप र ड्रप को सुविधा गरी हाल ९ ठाउँमा मात्र निशुल्क पार्किङको सुविधा लागु गरेपनि महानगरले अन्य १० १२ स्थानमा पनि यसैगरी स्थान तोकिदिने जनाएको छ ।

पर्यटक सवारी चालकहरुले पनि आफ्नो कागज पत्र साथमा राख्दै तोकिएको स्थानमा मात्र पर्यटकहरुलाइ पिक ( अप, ड्रप साथै पार्किङ गरिदिन टुरिस्ट भेकल एसोसियसनले सुझाएको छ ।

अहिले बालेनको यो कामलाइै धेरैले शरणिय काम भनिरहेका छन् । वास्तवमै नेपालमा पर्यटकका लागि यो किसिमको सेवा आवश्यक नै थियो । नेपाल घुम्न भनेर टाढादेखि आउने पर्यटक जव खुसी हुन्छन् तव त अर्थिक रुपममा केही सुधार हुदै जानेछ । यस्ता सुविधाले आम्दानी मात्र नभएर विश्वमै नेपालको ठुलो सम्मान हुनेछ ।