Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेप्सेमा ३२ अंकको ‘करेक्सन’, कारोबार रकम ६ अर्बभन्दा बढी

नेप्सेमा ३२ अंकको ‘करेक्सन’, कारोबार रकम ६ अर्बभन्दा बढी

काठमाडौँ । पछिल्लो समय लगातारजसो बढेको सेयर बजारमा बिहीबार करेक्सन देखिएको छ। नेप्से परिसूचक ३२.७७ अंकले घटेर साताको कारोबार दुई हजार १०९.१० विन्दुमा रोकिएको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक प्रतिशतभन्दा धेरैले घटेको छ।

बिहीबार एक करोड ७१ लाख ७२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। बुधबार ६ अर्ब ८८ करोडबराबरको सेयर कारोबार भएको थियो।

बजारमा करेक्सन देखिँदा १३ मध्ये ११ उपसमूहको सूचक घटेको छ। विकास बैंक र फाइनान्स उपसमूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह क्रमशः २.३६ प्रतिशत र ०.५६ प्रतिशतले बढेका छन्।

बिहीबार एक सय ९१ कम्पनीको मूल्य घट्दा ५० कम्पनीको मूल्य मात्रै बढेको छ। यद्यपि, आज पाँच कम्पनीको मूल्यमा १० प्रतिशत र सात कम्पनीको मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। सबैभन्दा धेरै गिरावट आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य ७.४४ प्रतिशतले घटेको छ।