मंसिर १३ ।
हाम्रो नेपाली समाजमा कसले कति र कस्ता डिजाईनका गरगहना लगाएको छ भनेर कुनै बिवाह पुजा पाठमा खुसुखुसु कुरा गर्ने चलन निकै छ । थोरै गरगहना हुनेहरुलाई त कतिपयले नराम्रो दृष्टिकोणले हेर्ने र गरिबीको दर्जामा राखेर नराम्रो ब्यवहार पनि गरेका हुन्छन ।
गरगहना देखाउने प्रतिस्पर्धा नै चल्ने गर्छ जसले गर्दा समाजमा बिकृतिरु पनि बढ्दै गएको छ । सामान्यतया अरु महिनाको तुलनामा मङ्सिर महिनालाई लगनको महिनाको रूपमा हेरिन्छ । नेपालीका लागि धर्म, संस्कृतिसँग जोडिएकोले पनि सुनप्रति आकर्षण धेरै छ । यहिबिचमा सुनको मूल्यले आकाश छोएको छ ।
सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ थियो ।
https://www.facebook.com/laligurashmedianetwork/videos/806085821322787
यो हप्ता आइतवारदेखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा एक लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका माणि रत्न शाक्यले बताएका छन । सुन चाँदी व्यवसायीका मनि शाक्यका अनुसार २०२४ सम्म सुनको मूल्य तोलमा २ लाख सम्म पुग्न लालीगुरारालाई बताएका छन ।
यस्तै आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको चाँदी आज २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।
अहिले बजारमा लगनको सिजनमा सुन अभावको हुने र कालोबजारीबाट सुन आयात हुने गरको सुनचादी ब्यवसायि दिपेन्द्र गजमेरले बताएका छन
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारक तत्त्व रहेको जानकारहरू बताउँछन्।एउटा पक्ष भूराजनीतिक अस्थिरता र युद्ध पनि हो। उदाहरणका लागि पछिल्लो समय इजरेल र हमासबीच लडाइँ शुरू भएयता सुनको भाउ बढ्दो क्रममा छ । अन्य देशमा अस्थिरताका बेला सुनमा सुरक्षित लगानी गर्ने अवस्था रहे पनि नेपालमा त्यस्तो गर्ने अवस्था सरकारले दिएको छैन । र अन्त्यमा नेपाली समाजमा सुन देखाउने प्रतिस्पर्धा बढ्दै जादा बिकृती बढेको देख्दा सबैले आआफ्नो ठाउमा रहेर सचेत हुन जरुरत छ । धेरै सुन लगाएर भन्दा गुन लगाउने गरि मानवीय सेवा गर्ने हो भने समाजको वास्तविक आफ्नो पहिचानलाई माथि उठाउन सकिन्छ ।