Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रबि लामिछाने गृहमन्त्री बनेर प्रचण्डको नया मन्त्री मण्डलमा प्रवेश गर्दै (भिडियो सहित हेर्नुहोस)

रबि लामिछाने गृहमन्त्री बनेर प्रचण्डको नया मन्त्री मण्डलमा प्रवेश गर्दै (भिडियो सहित हेर्नुहोस)

मंसिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री परिषद हेरफेरको तयारी गरेका छन् । स्रोतका अनुसार केहि मन्त्रीको जिम्मेवारी हेरफेर गरेर नयाँ शक्तिलाई भित्राउने तयारी गरिएको छ । प्रधानमन्त्री आज दुबै जादै छन् । त्यस अघि मन्त्रीपरिषदको बैठक पनि बसेको छ ।

हिजो मात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्ड संग भेटबार्ता गरेका थिए । यस अघिल नेकपा एकिकृत सामाजबादीका अध्यक्ष माभब कुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीपरिसल हेरफेर गर्न दबाब दिदै आएका छन् ।

https://www.facebook.com/laligurashmedianetwork/videos/854455396161574

माधब नेपालले पनि आफ्ना मन्त्रीहरुले चित्त बुझ्ने काम नगरेको भन्दै हेरफेरको तयारी गरेका थिए । समाजबादीका मन्त्रीहरुले सरकारमा बसेर खासै काम पनि गरेका छैन् । मन्त्रीहरु नै गुपचुप छन् । समाजबादी मात्रै होईन अन्य पार्टीका कतिपय मन्त्रीलाई जनताले नै चिन्दैनन् । कार्यालय गए पनि कुन मन्त्रीले के काम गर्छन् धेरैलाई थाह छैन । २– ४ जना मन्त्री बटम लाईनमा बसेर काम गरेका छन् ति बाहेक अरुको काम मन्त्रालय जाने र आउने मात्रै बनेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले फेरि मन्त्री परिसद हेरफेर गर्ने तयारी गरेका छन् ।

अब राष्ट्रिय सभाको कार्यकाल फागुनमा सकिदै छ । त्यको एक महिना अगाडी निर्वाचन हुदै छ । त्यसैले पनि प्रधानमन्त्री प्रचण्डलाई मन्त्री परिषद पुर्नगठन गर्न दबाब आईरहेको छ । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा भित्राउन लबिङ भई रहेको छ । रास्वपा सरकारमा नर्ग राष्ट्रिय सभामा जान सम्भव छैन् । त्यसैले रास्वपा सभापति रबि लामिछानेले् पनि राष्ट्रिय सभामा प्रत्यक्ष निर्वाचन हुनु पर्ने धारणा राखेका थिए ।

त्यसैले सबै कुरालाई मध्यनजर राख्दै रबिलाई गृहमन्त्रालयमा तान्ने र नारायण काजी श्रेष्ठलाई अर्थमा पठाउने लबिङ भई रहेको स्रोत बताउँछ । रास्वपाको टिममा सोबिता, गणेस पराजुली लगाएत रहेको स्रोत बताउँछ । नारायणकाजीलाई प्रचण्डले सुरुवातीमै ६ महिनाको लागी गृहमन्त्रीमा लगेका थिए । किनकी नारायण काजीको राष्ट्रिय सभाको कार्यकाल फागुनमा सकिदै छ । त्यसको १ महिना अगाडी माघ ११ गते निर्वाचन गर्ने तयारी छ ।

त्यसैले पनि राष्ट्रिय सभामा जानका लागी रास्वपाले हिमचिम बढाएको छ । काङग्रेस संग पनि यो बिषयमा छलफल भईरहेको छ । आज प्रधानमन्त्री दुबई जाने भएकाले हिजै ओलीले पनि भेटबार्ता गरेका थिए । मुलत एमाले भने यो सरकार ढालेर सत्तामा जान चाहन्छ । काँग्रेस संग मिल्नु पर्ने भन्दै काँग्रेस एमालेका तल्लो तहका नेताहरुले पनि लबिङ गर्दै आएको स्रोतले बताएको छ । यता एमालेले जसपालाई पनि फकाई रहेको छ । उप्रेन्द्र यादब र ओली बिच पटकपटक गोप्य भेटबार्ता भएको स्रोतले दाबी गरेको छ । तर, मन्त्री परिषद बिस्तार गरेर रास्वपा सहित गठबन्धलाई कायम राख्ने योजना प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।