Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

९.८७ अंकले बढ्यो नेप्से , यस्तो छ कारोबार

९.८७ अंकले बढ्यो नेप्से , यस्तो छ कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सेञ्ज (नेप्से)परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ९.८७ प्रतिशतले बढेर १८६०.२० विन्दुमा पुगेको हो। बढेको बजारमा कारोबार समेत बढेको छ। आज नेप्सेमा १ अर्ब ३४ करोडको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन नेप्सेमा ९० करोडको कारोबार भएको थियो। आज कारोबारमा आएका १६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ। साथै, १० कम्पनीको कारोबार स्थिर नै देखिएको छ। बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ।

नबिल बैंकको सर्वाधिक १३ करोड १० लाखको कारोबार भएको छ। आज नबिल बैंकको सेयरमा खरिदकर्ता भन्दा बिक्रीकर्ता धेरै हुँदा सेयरमूल्य समेत ८.२० प्रतिशतले घटेको छ।