Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उत्कृष्ट करदातालाई सिंहदरबार छिर्ने विशेष पास

उत्कृष्ट करदातालाई सिंहदरबार छिर्ने विशेष पास

काठमाडौं । उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ । सरकारले कर दिवसमा सम्मानित हुने करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो ।

अर्थ सचिव कृष्णहरि पुष्करले आन्तरिक राजस्व विभागलाई आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् ।‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु,’ कर सप्ताह समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा उनले भने ।

सरकारले सोही कार्यक्रममा विभिन्न १६ विधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ ।