Shares
Shares
काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् । यस अघि साउन ४ गते छापावल सुनको मूल्य एक लाख १३ जहार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।
बुधबार एक लाख १३ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुन र १४ सय १० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो । पछिल्लो समय सुनको मुल्य आकाशीरहेको छ । केहि दिन अघि २/४ दिन घटेको सुन पुन लगातार आकाशिएको छ ।
लगनको समयमा सुनको माग बढी हुन्छ यसकारण मुल्य आकाशिनु स्वाभाविक हो तर अहिले कार्तिक अर्थात वेसिजन लागेपछि पनि सुनको मुल्यले रेकर्ड ब्रेक गरेको छ । संसारमा सबैभन्दा पहिले तामा धातुको ९००० बिसीतिर पत्ता लागेको मानिन्छ, यद्यपी यसको खास मिति भन्न सकिँदैन। सबैभन्दा पहिले पत्ता लागेको केही धातुहरु मध्ये सुन पनि एक हो। यसको ३१०० बिसीतिर पत्ता लागेको अभिलेख पाइन्छ। सयौं धातुहरु मध्ये सुन केही धातुभन्दा पछि पत्ता लागे पनि यसमा रहेका केही विशेष गुणहरुले यसको महत्व देखाउँछ। चम्किलो, हल्का रातो, पहेँलो, नरम, उच्च घनत्व, खिया नलाग्ने, सामान्य अवस्थामा ठोस आकारको स्वरुपमा भएको, सर्व स्वीकार्यता, दुर्लभ प्रयोग, पहिचान तथा सम्मान, मुद्रा, सम्पत्तिजस्ता विशेष गुणहरुले सुनको मुल्यमा ठूलो भूमिका खेलिरहेको हुन्छ।
जति तन्काउँदा पनि तन्किने (एक ग्रााम सुनलाई एक वर्ग मिटर सम्मको पातलो पाताको स्वरुपमा परिवर्तन गर्न सकिने), सामान्तयाःअरु पदार्थसँग कुनै रासायनिक प्रतिक्रिया नगर्ने, खिया नलाग्ने (अरु धातुको कोठाको तापक्रममा समेत अक्सिजनसँग प्रतिक्रिया हुने भएकोले सजिलै खिया लाग्ने गर्दछ), उच्च घनत्व (१९.३ ग्रााम प्रति घन सेन्टिमिटर), सजिलै नपग्लिने (१०६४.१८ डिग्री सेन्टिगे्रडको तापक्रममा मात्र पग्लिन्छ) जस्ता विशेषताका साथै कहिले नास नहुने तथा सानो टुक्राको तौल पनि धेरै हुँदा सजिलै सुरक्षित गरी राख्न मिल्ने तथा ओसार पोसार गर्न पनि सजिलो हुने भएकोले यस धातुलाई सर्वस्वीकार्यता हुनको लागि सहयोगी भुमिका निर्वाह गरेको तथ्य नकार्न सकिँदैन। संसारमा सुनको उच्च माग हुने धेरै कारण छन्। यस मध्ये करिब ५० प्रतिशत गरगहना, ४० प्रतिशत लगानी र १० प्रतिशत औद्योगिक क्षेत्रमा माग छ। संसारको सबैभन्दा धेरै सुन खपत गर्ने देसहरुको सूचीमा चीन र भारत पहिलो र दोस्रो क्रममा पर्दछ।
हाल सुनको मूल्य बढ्नुको कारण
अहिले सुनको मूल्यमा देखिएको उतारचढाव मुख्यतः अमेरिका र चीनबीच देखिएको व्यापारिक तनावको कारण हो। विश्वको सबैभन्दा ठूलो र दोस्रो ठूलो अर्थतन्त्रबीच उत्पन्न एक अर्काको बस्तुमा लगाउने आयात करको कारण लम्बिएको विवादले संसार भरिको अर्थतन्त्रको वृद्धिदरमा गिरावट आईरहेको छ। अर्थतन्त्र कमजोर हुँदा कम्पनीहरुको शेयर मुल्यमा गिरावट आउँछ। लगानीकर्ताहरुको शेयरमा लगानी गर्ने विश्वासमा कमी हुन थाल्छ। फलस्वरुप, लगानीकर्ता सुनमा आकर्षित भई सुनको मागमा एक्कासी भएको वृद्धिको कारण नै हाल इतिहासमै सुनको मूल्य उच्च भएको हो।
सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्य को मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण वा सुक्ष्म रुपमा सुन सर्वत्र व्याप्त रहेको वेदमा बताइएको छ ।
सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ /जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ । नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्त्वमा निकै छ । विकशित मुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको छ । नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या पनि देखिन्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209