काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गरको छ। कम्पनीले जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया पर्ने जनाएको छ। च्याङ्ग्राको भने प्रतिकिलो १२ सय ६० रुपैँया तोकिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। खाद्यले ती मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गर्ने यसअघि नै घोषणा गरिसकेको छ। जसअनुसार सर्वसाधारणले भोलि बिहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा प्रतिकेजी १२ सय ५० रुपैँयामा खरिद गर्न पाउनेछन्।
यस वर्ष खाद्यले दशैँका लागि २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीबाट बिक्री गरिने खसी, बोका र च्याङ्ग्राकाे मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो।
सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैयाँका दरले बिक्री वितरण गरिनेछ। सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिने छ। जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्री सुरु भैसकेको छ ।
छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा खरिद गरेर सर्वसाधारणले घर लैजान सक्नेछन्। यस दसैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौँ भित्राएको छ। कम्पनीले धादिङ, मकवानपुर रसुवा र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको छ । ती चौपाया सोमबार मात्रै काठमाडौं ल्याइएको हो। यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ। कम्पनीले उपभोक्ता मूल्यमा हुन सक्ने असन्तुलन रोक्न सानो संख्यामा भए पनि खसीबोका तथा च्यांग्राको बिक्री गर्दै आएको छ।
यता पशुसेवा विभागले खसीबोका र च्याङग्रालगायतको पशुको स्वास्थ्य परीक्षण र प्रमाणिकरणका लागि काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरेको जनाएको छ । टोलीले नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र रोगी देखिए रातो सङ्केत गर्ने व्यवस्था मिलाइएको छ। कलंकी खसी बजार, बल्खु कालिमाटी माछाबजार, चोभारनाका र चाल्नाखेल राँगा बजार, टुकुचा खसीबार र खाद्यस्थित थापाथलीमा टोली परिचालन गरेको विभागले जनाएको छ। यस्तै लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित छन्।
विभागले स्वस्थकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ। गत ९ असोजमा नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गरिने खसी, बोका र च्यांग्रामा बाहिर बजारको भन्दा प्रतिकेजी न्यूनतम १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो । गत वर्ष कूल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेको कम्पनीले २ करोड २६ लाख रुपियाँ खर्च गरेको थियो । प्रतिकेजी ६८० ९जिउँदो० खसी–बोका र एक हजार २५० प्रतिकेजी च्याङ्ग्रा बेचेको थियो । त्यसबापत कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको थियो । २ हजार वटा खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले यसवर्ष ८ करोड ३६ लाख रुपियाँ बजेट छुट्याएको हो ।