काठमाडौँ । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । त्यो पनि सुन्य डाउन पेमेन्टमा एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबारदेखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले जनाएको छ । नेपालमा आईफोन १५ को १३ मोडल उपभोक्ताले खरिद गर्न सक्नेछ । जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छ । बजारमा १२८ जीबीको आईफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। २५६ जीबीको आईफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको छ। त्यस्तै, आईफोन १५ प्लसमा १२८ जीबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जीबीसहितको आईफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको आईफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ।
आईफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जीबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टीबी क्षमताको आईफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ। आईफोन १५ प्रो म्याक्स पनि तीन वटा स्टोरेज क्षमतामा उपलब्ध हुनेछ। २५६ जीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ। ५१२ जीबीको आईफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ।
आईफोन १५ को विभिन्न मोडलमध्ये सबैभन्दा सस्तो १२८ जीबी क्षमताको आईफोन १५ हो । जसको मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। सबैभन्दा महँगो भने एक टीबी क्षमताको आईफोन १५ प्रो म्याक्स हो । जसको बजार मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ। जेनेरेसन नेक्स्टका अनुसार आईफोन १५ को कुनै पनि मोडल ग्लोबल आईएमई बैंक, इनभेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ। ब्याजदर भने बैंकले तोकेअनुसार हुनेछ । आईफोन १५ मा १ वर्षको एप्पपल, एक वर्षको एक्स्टेन्डेण्ड वारेण्टी दिइएको छ । फोनमा एक वर्षको स्क्रिन रिप्लेसमेन्ट सुविधा छ । नयाँ आईफोन किन्दा २० वाटको एड्याप्टर निःशुल्क पाइन्छ । यसैगरी १२८ जीबी क्षमताको आईफोन ११ को मूल्य ८९ हजार ९९० रूपैयाँ, १२८ जीबी आईफोन १२ को मूल्य १ लाख ६ हजार ९९० र १२८ जीबी आईफोन १३ को मूल्य १ लाख १९ हजार ९९० रूपैयाँ ताेकिएको छ ।
एप्पल अर्थात् आइओएस ब्राण्ड भन्नासाथ संसारभर चर्चामा आउने गर्दछ । एप्पल कम्पनीले आफ्ना नयाँ उत्पादन लञ्च गर्ने समयमा नयाँ उत्पादनप्रति ग्राहकहरूको चासो पनि उत्तिकै रहने गरेको छ । नेपालमा पनि एप्पल कम्पनीका सामग्रीहरूको चर्चासँगै माग पनि उच्च रहने गरेको छ । आइफानेका नयाँ सिरिजहरूमा र्याम ६ देखि ८ जीबीको रहने बताइएको छ भने विभिन्न रङहरूमा उपलब्ध हुने छ । आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा पाइने छ । आइफोन १५का सिरिजहरूमा डाटा ट्रान्सफरको स्पिड तिव्र हुने पनि जनाइएको छ । कम्पनीले आईफोन १५ सिरिजसँगै नयाँ संस्करणका आईप्याड, म्याक, वेयरेबल र विभिन्न सर्भिस सार्वजनिक गर्ने बताइएको छ ।
पछिल्लो समयमा युवा पुस्तामा लेटेस्ट मोबाइल फोनको मोह निकै बढ्दै गएको पाईन्छ । आफुले चाहेको जस्तो फोन बोक्न नपाए पछि किड्नी सम्म बेचेका समचार हामीले सुनेका छौ ।
