Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ । सेयरबजार २०‍.१६ अंकले घटेको छ। आज २०.१६ अंकले घटेको बजार १८७४.६० विन्दुमा झरेको हो। १८९४.७६ विन्दुमा खुलेको बजार निरन्तर ओरालो लागेपछि १.०६ प्रतिशतको गिरावट आएको हो। घटेको बजारमा २३ कम्पनीको सेयरमूल्य बढेको छ। त्यसैगरी २१० कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ४ कम्पनीको मूल्य स्थिर नै देखिएको छ।

घटेको बजारमा कारोबार रकमका सुधार आएको छ। आज नेप्सेमा १ अर्ब ७० करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ४२ करोडको कारोबार भएको थियो। म्युचल फण्डबाहेक सबै सूचकमा गिरावट आएको छ। बजार घट्दा समेत दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज भगवति हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेप्सेमा लक्ष्मी सनराइन बैंकका प्रमोटर सेयरमा सर्वाधिक १६ करोडको कारोबार भएको छ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख र नेपाल एसबिआई बैंकको ४ करोड १९ लाखको कारोबार भएको छ।