काठमाडौँ । गतिछाडा पनि अत्ति छाडा हुनुहुन्न भन्ने पाठ हामीले कहिले सिक्ने ?यो समाजलाई के सिकाउने ?तपाईले गरेको हरेक गलत क्रियाकलापले समाजमा कति असर परेको छ भनेर कहिल्यै निहाल्नु भएको छ?
पछिल्लो समय सामाजिक संजाल यति फोहोरी भएको छ कि परिवार संग बसेर सामाजिक संजाल चलाउन पनि डराउँन पर्ने अवस्था छ । केहि दिन अगाडी हामीले रात्रीकालिन ब्यबसाय अर्थात् दोहोरी साँझमा हुने बिकृतिको बिषयमा भण्डाफोर गरेका थियौं।दोहोरी साँझमा रातको समयमा हुने अश्लिन नृत्यले समाजलाई पारेको असर र कलाकारहरुलाई हेर्ने दृष्टिकोणको खुलेरै हामीले चिरफार गरेको केहि समय बित्न नपाउदै हाम्रो लालीगुराँस डटकमको समाचारको प्रभाब देखिएको छ।
भाइरल हुने नाममा छाडा डान्स गरेर सामाजिक संजाल तथा दोहोरी साँझमा आफुलाई प्रस्तुत गरे कारबाही गर्ने दोहोरी ब्यबासायी संघले चेतावनी दिएको छ। संघले प्रेस बिज्ञप्तिनै निकालेर पछिल्लो समयमा देखिएको बिकृतिको खुलेरै बिरोध गरेको छ।संस्थाको आचारसंहितानै तोडेर यस्तो गलत गतिबिधि भएको भन्दै तत्काल यस्तो हर्कत बन्द नगरे कारबाही अगाडी बढाउने सस्थाका अध्यक्ष गुणराज खनालले जानकारी दिएका छन।
खनालले जारी गरिएको बिज्ञप्तिमा लेखिएको छ : सम्पूर्ण लोक संगीत प्रेमी आमा बुबा दाजु भाइ दिदीबहिनी ब्यबसायी तथा कलाकार मित्रहरु ,हाम्रो देश नेपाल बिभिन्न जातजाति धर्म भाषा र सस्कृतिले भरिपूर्ण देश हो।हाम्रोया आआफ्नो ठाउँ अनुसार आ आफ्नै रीतिरिवाज र मौलिक पहिचानहरु छ।हाम्रो सस्कृतिलाइ अझ सुसभ्य बनाइ लोक कला र सस्कृतिलाइ प्रबन्ध गर्दै जाने उदेश्य हामीले लिएका छौ।अझ भन्नु पर्दा यसलाई मनोरंजन सहित ब्यबसायिक रुपमा पनि स्थापित गर्दै रोजगारी सिर्जना गरि राज्यका लागि र स्वयम् हामी ब्यबसायीहरुका लागि पनि आर्थिक रुपमा टेवा पुग्ने हेतुले हामीले दोहोरी ब्यबासायी संचालन गरेका छौ। पछिल्लो केहि दिन यता ब्यबसाय संचालनको क्रममा भएका केहि अपाच्य खालका नृत्यहरुको श्रब्य दृश्य सामग्री बिभिन्न सामाजिक संजालहरुमा भएको चर्चाप्रति हाम्रो राष्ट्रिय लोक दोहोरी ब्यबसायी संघको गम्भीर ध्यानाकर्षण भएको छ।यस्ता अवान्छित क्रियाकलाप नगर्न , नगराउन सबैमा अपिल गराउन चाहन्छौ साथै यसले लोक संगीत क्षेत्रमा पुग्न गएको चोट प्रति हामी क्षेमा प्राथी छौ आगामी दिनमा यस्ता गतिबिधि नगर्न नगराउन र संघको आचारसंहिता तथा नियम भित्र रहेर ब्यबसाय संचालन गर्न सचेत गराउदै अटेर गरेमा आवश्यक कारबाहीको प्रक्रियामा अगाडी बढाईने जानकारीका साथै सम्बन्धित निकायबाट कारबाही प्रक्रिया अगि बढेमा त्यसको जिम्मेवारी संघले नलिने जानकारी गराउन चाहन्छौ। बिज्ञप्तीमा भनिएको छ ।

कलाकार भनेका राष्ट्रिका गहना हुन् । समाजका ऐना हुन् । तर, आजभोली रात्रीकालीन ब्यबसायमा लागेका कलाकारहरुको हर्कतले सिमा नाघेको छ । पैसाको लोभ र सामाजीक सञ्जालमा भाईरल हुने नाममा अनौतिक हर्कत गरेर भिडियो देखाउने होडबाजी बडेको छ । धेरै दोहोरी साँझहरुमा ग्राहक तान्ने हिसावले विकृती भित्राईएको छ ।दोहोरी साँझमा आम मानिस छिर्न सक्ने बाताबरण नै छैन् ।समाजमा हराउँदै गएको संस्कृतीलाई जोगाउन, नेपाली मौलीक भाकाहरुलाई प्रस्तुत गर्ने काम दोहोरी साँझको हो । तर, आज भोली रक्सीको तालमा हिन्दी गीत बजाएर छाडा नाच पनि देखाउन पछि पर्दैनन दोहोरी साँझहरु । त्यसैले यस्तो बिकृतीलाई बेलामै नियमन गर्नु जरुरी छ ।