Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यो बर्षको दशैँमा प्रतिव्यक्ति कति रकम नया नोटका रुपमा साट्न पाउने ?/ यस्तो छ नया नोट सम्बन्धि विधान र प्रावधान

यो बर्षको दशैँमा प्रतिव्यक्ति कति रकम नया नोटका रुपमा साट्न पाउने ?/ यस्तो छ नया नोट सम्बन्धि विधान र प्रावधान

असोज महिना लागेसंगै चाडपर्वहरु नजिकिदै छन् । असोज १ गते तिज सकिएसंगै अब हिन्दु ध्रामावलम्वीहरुको महान चाड दशैँ नजिकिदै छ । बजारमा किनमेल गर्नेको भिड बाक्लिन थालिसकेको छ । नया कपडा किन्ने ,खाधन्न साम्राग्री किन्ने ,नया भाडाकुडा किन्ने , नया नोट साट्ने मान्छेहरु लागिसकेका छन् । यहिक्रममा नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ । मिठो-मसिनो खाने, नयाँ लुगा लगाउने, रमाइलो गर्ने विशेष पर्वको रुपमा लिइन्छ- दशैँलाई। आफ्नो हैसियतअनुसार मानिसले हरेक समय नयाँ लुगा किनेको नै हुन्छ। धेरैजसोले दशैँमा नयाँ लुगा फेरेकै हुन्छन्। दशैँमा जस्तोसुकै निम्न वर्गले पनि एकजोरसम्म लुगा किन्ने गरेकको पाइन्छ। हरेक चाडपर्वको आ-आफ्नै विशेषताहरू र महत्व हुन्छ। दशैँलाई नेपालीहरुले अरु चाडपर्वको तुलनामा विशेष अनि महत्वपूर्ण चाडका रुपमा मनाउँछन्। दशैँमा देश तथा विदेशमा रहेकाहरु पनि स्वदेश फर्कन्छन्। आफूभन्दा ठूलाको हातबाट आशिर्वाद लिने गर्दछन्। सबै परिवार एक-आपसमा भेला भएर मिठो-मसिनो खाने, जमघट गर्ने, रमाइलो गर्ने गर्दछन्। चाडपर्व प्रायः जसो सबैका लागि हर्ष र खुसीको पर्व हुने गर्दछ।

मानिसहरू आफ्नो आयस्राेत अनुसार सामान्य फूटपाथदेखि ठूल्ठूला महलमा गएर कपडा किन्ने गर्छन्। नयाँ लुगा, मिठो खानेकुरासँगै हामीले दसैँ भन्नेबित्तिकै नयाँ नोट सम्झिन्छौँ। दसैँमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। नयाँ लुगा, मिठा खाने कुरासँगै नयाँ नोटले बालबालिकालाई फुरुङ्ग बनाउँछ। नयाँ नोट, नयाँ लुगा लगाएर उनीहरु एक-आपसमा रमाइरहेको देख्छौँ। दुई दशक अघिसम्म सीमित व्यक्तिको पहुँचमा रहेको नयाँ नोट साट्ने प्रक्रिया पछिल्लो समय सहज बन्दै गएको छ। हामीमध्ये धेरैलाई नोटमा कोर्न र च्यात्न हुुन्न भन्ने थाहा नहुन सक्छ। नोटलाई पानीमा भिजाउने, केरमेट गर्ने, गुजुल्टो पारेर राख्नाले नोटको आयु घट्छ। नोट छाप्नमात्र नभई जलाउनसमेत खर्च हुन्छ। औसतमा नोट छाप्न प्रतिगोटा दुई रुपैयाँ खर्च हुने राष्ट्र बैंकले जनाएको छ। नोटलाई नोक्सान हुनबाट जोगाउन मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुने व्यवस्था गरिएको छ। नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना लाग्ने कानूनी व्यवस्था छ। राष्ट्रिय सम्पत्ति नोक्सानी हुनबाट जोगाउन मुलुकी ऐनमा यस्तो व्यवस्था गरिएको हो। नोट जति बढी सुरक्षित राख्न सक्यो, यसको आयु उतिनै पनि बढ्दै जान्छ।

नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना नहुँदा नेपालमा कम समयमै नोट काम नलाग्ने अवस्थामा पुग्छन्। सामान्यता पाँचदेखि एक सय दरका नोटको आयु दुई वर्षभन्दा बढी नहुने र पाँच सय तथा हजार दरका नोट भने औसतमा साढे तीन वर्षसम्म टिक्छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार सामान्यतया कागजी नोटको आयु चार वर्षको हुन्छ। नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना नहुँदा नेपालमा त्यसभन्दा कम समयमै नोट काम नलाग्ने अवस्थामा पुग्छन्। सामान्यता पाँचदेखि एक सय दरका नोटको आयु दुई वर्षभन्दा बढी नहुने र पाँच सय तथा हजार दरका नोट भने औसतमा साढे तीन वर्षसम्म टिक्ने गर्दछन्। नोटको सुरक्षा गर्ने र नच्यातिने बनाउने अभिप्रायका साथ २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको तस्बिर अंकित १० दरका पोलिमर (प्लास्टिक) नोट सरकारले प्रयोगमा ल्याएको थियो। तर, गुणस्तरहीन छपाइले यस्ता नोट केही वर्षमै काम नलाग्ने भए। प्रयोग गरेको केही महिनामै खुइलिने र प्लास्टिक भएको नोटको बीचमा प्वाल पर्ने समस्याले पोलिमर नोट नेपालबाट विस्थापन भयो।

नोट नच्यात्ने, जल्न नदिने, पोको नपार्ने तथा नबटार्ने, मैला नगराउने तथा फोहोर हातले नसमाउने, पानीमा नभिजाउने, अविर लाग्न नदिने, भरसक नोटलाई नदोब्राएर राख्ने तथा व्यागमा मिलाएर राख्नाले नयाँ नाेटकाे सुरक्षा गर्न सकिन्छ।

नेपाल राष्ट्र बैंकमा गभर्नर, डेपूटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकार सम्मिलित छलफलबाट नोट डिजाइन हुन्छ। त्यसमा वन्यजन्तु विज्ञले कुन वन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्नरवर्धन गर्ने भन्ने सुझाव दिन्छन्। सबै पक्षको सुझावको आधारमा नोटमा कस्ता चित्र, नम्बर समावेश गर्ने भन्ने निर्णय हुन्छ। यसपछि राष्ट्र बैंकमा नोटको डिजाइन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ। राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराएपछि मन्त्रिपरिषद्मा नोटको डिजाइन र डिनोमिनेसन स्वीकृतिका लागि पेस गरेपछि नोट छाप्न पठाइन्छ।

नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ। नोटमा सामान्य आँखाले नदेखिने ‘सेक्युरिटी फिचरहरू’ प्रशस्त मात्रामा राखिएको हुन्छ। नक्कली नोट बजारमा आउन नसकोस् अर्थात सक्कली र नक्कली नोट सहजै छुट्याउन सकियोस् भन्ने अभिप्रायले यस्ता सुरक्षा चिह्न राखिएको हो। नोटमा ‘एनआरबी’ लेखिएको सेक्युरिटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ। नोट प्रिन्ट गर्दा नै यो धागोको केही भाग नोटबाहिरै देखिने गरी मिलाइन्छ। भने केही भाग नोटभित्र लुकेको हुन्छ।

राष्ट्र बैंकले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्नेगरी ऐनको दफा ५७ मा व्यवस्था गरिएको छ। कानूनी व्यवस्था अनुसार नेपालभित्र चलनचल्तीमा रहेका नोट शोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्छ। त्यसरी खिचेका नोट तथा त्रुटियुक्त मुद्रा तोकिएबमोजिम धुल्याउने, काट्ने, फुटाउने वा अन्य कुनै पनि किसिमले नष्ट गर्न सक्छ।डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्नेछ। नोट छापिएर विभिन्न माध्यमबाट बजारमा गएपछि पुनः त्यो नोट राष्ट्र बैंकमै फर्कन्छ। केरमेट भएका, च्यातिएका, आगोले खाएका पुराना नोटहरू राष्ट्र बैंकले खिची त्यसको सट्टामा नयाँ नोट बजारमा पठाउँछ।