Shares
Shares
संस्थाको अध्यक्ष लक्ष्मण गौतमको सभापतित्वमा जिल्ला सहकारी संघका श्रदय अध्यक्ष श्री दिलिप शर्माको प्रमुख आतिथ्यता,सामुदायिक साकोसका सिइयो, कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष श्री मदन बस्नेत, नेसनल कोप सलुसनका म्यानेजिङ डाइरेक्टर श्री बिबेकराज ठकुरी, चौरी देउराली गा पा सहकारी समन्वय समितिका सम्योजक तथा वडा न् ३ का वडाध्यक्ष श्री चित्र
प्रसाद चौलागाईं ज्युहरुको विशिष्ट आतिथ्यतामा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार ज्युहरु, विभिन्न संघ संस्थाका अतिथिज्युहरु र संस्थाका व्यापक शेयरसदस्यहरुमाझ यहि भाद्र ३० गते शनिवारका दिन चौंरीदेउराली गाउपालिका वडा नं ३ स्थित केदारेश्वर मच्छेनारायण सिद्धिविनायक मन्दिरको प्रांगणमा सँस्थाको १६ औं वार्षिक साधारण सभा सब्य र भब्य रुपमा सम्पन्न
भएको छ।

संस्था आर्थिक रुपमा बलियो भए सङ्गै सदस्य र समुदाय लक्षित राहतका कार्यक्रमहरु जस्तै, सुत्केरी आहार, दुर्घटना उपचार, प्राकृतिक तथा दुर्घटना देहावसान राहत, प्राकृतिक बिपत्तिमा राहत तथा आपतकालीन सहुलिएत ऋण सुविधा मात्र नभई हरेक वर्ष आफ्नो कार्यक्षेत्र भित्र रहेका विपन्न तर जेहेन्दार बिध्यार्थिहरुलाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सबै सुविधा उपलब्ध गराउने कार्यक्रम समेत अध्यक्ष श्री लक्ष्मण गौतमले आफ्नो प्रतिवेदन मार्फत जानकारी गराउनु भएको थियो।

देशको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा समेत सहकारी आफ्नो सदस्यसँग जोडिएर खराब ऋणलाइ घटाउदै उल्लेख्य नाफा आर्जन गरि १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनुको साथै मुनाफामा योगदान गरेबापत सदस्यलाई संरक्षित पुँजीफिर्ताकोषबाट रु १५ लाख रुपैया वितरण गर्ने प्रस्ताव समेत सर्व सम्मत अनुमोदन भएको छ l कार्यक्रमका बिच जेष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, ऋणी सदस्य, उत्कृष्ट बिध्यार्थि साथै एम्बुलेन्स खरिद अभियानमा नेतृत्व गर्नुहुने परिवर्तित युवा क्लबका अध्यक्ष श्री कमल चौलागाई सरगमको साथै विशेष आकर्षक व्यक्तित्व जिल्ला सहकारी संघ काभ्रेलाई देशभरीका सहकारी संघ मध्येमा उत्कृष्ट बनाउन नेतृत्व गर्नुहुने सहकारी अभियानकर्मी जिल्ला सहकारी संघ काभ्रेका श्रदय अध्यक्ष श्री दिलिप शर्मा सम्मानित हुनुभएको थियो।
उहाले सँस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै सहकारीको प्रगति पथमा विगतमा झैँ निरन्तर सहयोग, सल्लाह सुझाव प्रदान गर्ने बताउनु भएको थियो l सभामा वडा नं ३ का अध्यक्ष श्री चित्र प्रसाद चौलागाईले संस्थाले अघि बढाएका कृषिका योजनाहरु, बहुउद्धेश्यीय कार्यहरुको लागि तयारी स्वरूप निर्माण गर्न लागेको भवन र बृहत सदस्य हितका कार्यहरु प्रति हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको थियो l म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष श्री मदन बस्नेत, नेशनल कोप सोलुसनका म्यानेजिंग डाइरेक्टर श्री बिबेकराज ठकुरीले संस्थाले गरेको प्रगतिको
तारिफ गर्दै बहुउद्धेश्यीय कार्यमा हात बढाउदैजान सल्लाह दिनु भएको थियो।

सँस्थाको वार्षिक साधारण सभाको उपलक्ष्यमा शेयर सदस्य श्री रमेश गौतमले आफ्नो स्व.पिता दिल बहादुर गौतमको सम्झनामा मन्दिरमा भजन किर्तनको लागि साउण्ड सिस्टम उपलब्ध गराउनुको साथै सँस्थाका सल्लाहकार श्री गोपाल प्रसाद चौलागाईले श्री बुद्ध हिमालय मा विको शैक्षिक विकासको लागि सपरिवारको तर्फबाट रु ५१ हजार १ सय नगद बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्री भोज बहादुर गौतमलाई हस्तान्तरण गरु भएको थियो।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209