सबै भन्दा बढी दुस्मनी साच्ने क्षेत्रनै मानिन्छ कलाकारिता,जहाँ एक ले अर्काको पाइलै पिक्ष खुट्टा तान्ने र जुधाउन मात्रै खोज्ने प्रबिधि देखिन्छ।यही संगीत क्षेत्रमा केहि समय देखि पानी बाराबारको अबस्थामा रहेका कलाकारहरु हुन् मोडल दुर्गेश थापा र समिक्षा अधिकारी।यी दुईको सहकार्यमा बजारमा गीत नआएकै झन्डै २ बर्षनै भएछ। समीक्षाले गाएको धेरै गीतहरुमा दुर्गेश थापाले अभिनय गर्दै आएका थिए तर पछि एउटा एस्तो घटना घट्यो जुन घटनाले समिक्षा र दुर्गेशको सम्बन्धमा दरार ल्यायो।
सुरुमा समिक्षा र दुर्गेश अत्यन्तै मिल्ने कलाकार हुन्।समीक्षाले दुर्गेशलाइ आफ्नै दाई मान्ने गर्थिन भने दुर्गेशले पनि बहिनी मान्ने गर्थे,एकाएक पल शाह प्रकरण बाहिर आयो त्यसपछि दुर्गेश उक्त प्रकरणमा मुछिन पुगे।सुरुमा दुर्गेश र समिक्षा मिले जस्तो देखिने उक्त प्रकरणले पछि सम्बन्धननै चिसियो।समीक्षाले एक टेलिभिजन अन्तरबार्तामा दुर्गेश थापालाइ कहिल्यै नाछान्ने भनेकी थिईन। प्रकाश सुबेदी सो मा उनलाई दुर्गेश थापा र कृष्ण जोशी मध्ये एक जना छन्न अनुरोध गरेपछि उनले दुबैलाई जिन्दगीमै नाछान्ने बताएकी थिइन्।
आफुलाई दुबैले साथ् नदिएको र आफ्नो उक्त अबस्था आउन दुबैको भूमिका रहेको शंकेत उनले उक्त कार्यक्रममा गरेकी थिईन।तर दुर्गेशले भने समीक्षालाई नकरात्मक टिप्पणी गरेका छैनन्।अब यी नमिलेका जोडी एकाएक कसरी एकै गीतमा देखिए भन्ने प्रशंग बाहिर ल्याउन चाहन्छौ। यो बेला समिक्षा अधिकारीले आवाज दिएको गीत मोडल दुर्गेश थापाले खेलेका छन। दुबैलाई मिलाउन अर्को एक गायिकाले निकै महत्वपूर्ण भूमिका खेलेकी छिन।जापान बस्दै आएकी लोकप्रिय गायिका तथा समाजसेवी/सर्जक निशा क्षेत्रीले दुबैलाई एकै गीतमा अटाउन सफल भएकी छिन।
लोकप्रिय गायक सुर्य खड्का आफु स्वयम् निशा क्षेत्रीले गाएको गीतमा मुख्य आवाज भने समिक्षा अधिकारीको राखेकी छिन भने भिडियोमा दुर्गेश थापालाई नचाउन सफल भएकी छिन।समीक्षाकै आवाजको गीत भनेर दुर्गेशलाइ भन्दा पनि दुर्गेशले आनाकानी नगरेको गायिका निशा क्षेत्रीले लालीगुराँस डटकमलाइ जानकारी दिएकी छिन।आफुले गीतमा सुरुमा समीक्षालाई गाउन अनुरोध गरेको र गीत मन पराएर समीक्षाले गाएको बताएकी छिन।त्यस संगै मोडल दुर्गेश थापालाई खेलाउन सफल भएको समेत उनको जिकिर छ।
उक्त गीतमा दोहोरी क्षेत्रकै महानयिका मानिने मोडल सम्झना बुढाथोकीले अभिनय गरेकी छिन।उनको अभिनयमा खासै गीत बजारमा आउदैन अझै भन्ने हो भने सम्झनाले स्वघोषित संगीत क्षेत्र छाडेकी छिन तर उनले यो गीतमा भने अभिनय गर्न पुगिन,कतिपय अचम्मित छन कि यो गीतमा नमिलेका र संगीत क्षेत्र छाड्न लागेका कलाकार समेत आतं सकेको देखेर।
गीतमा निशा क्षेत्रीको शब्द रहेको छ भने नन्दु परियारको संगीत रहेको छ।साडी जापानी नाम दिईएको गीत गायिका निशा क्षेत्रीकै युटुब च्यानल मार्फत बजारमा आएको छ।सुर्य खड्का संग निशाको धेरै गीतहरु बजारमा आएको छ।उनि जापानमा बसे पनि संगीत क्षेत्रलाई बर्षौ देखि निरन्तर अगाडी बढाईरहेकी छिन।उनि र सुर्य खड्का दुवै बागलुङ जिल्लाका हुन् दुवै छिमेकी भएर पनि हुन सक्छ प्राय दुबैको सहकार्यहरु गीत संगीतमा देखिएको पाइन्छ।
गीत संगीतको बदलितो अबस्थालाई चित्रण गर्दै नारीकै लागि लक्षित गरेर गीतहरु बजारमा आउदै गर्दा यो गीत भने फरक शैलीमा सृजित छ।एक प्रेमीले प्रेमिकाको कहानी जोडेर अझ मोटो सरिर हुनुको चिन्ता समेत गीतमा समाबेस गरिएको छ।गीतले कस्तो संदेश दियो भन्दा पनि गीतमा सम्बन्ध बिग्रिएका कलाकारहरु समाबेस गरेको देखेर धेरैले कलाकार निशा क्षेत्रीको प्रशंसा गरेका छन। भिडियो हेरौ :