Shares
Shares
काठमाडौँ । लोकप्रिय गायिका बबिता बानिया जेरिले आफ्नो पुर्व पति शंकर छेत्रिलाई जन्म दिनको शुभकामना दिदै छिट्टै माया गर्ने मान्छे प्राप्त होस् भनेर कामना गरेकी छिन् उनले सामाजिक संजालमा आफु र छोरी सहितको तस्बिर राख्दै छोरीको बाबालाई जन्म दिनको शुभकामना समेत भनेकी छिन। फेसबुकमा लेखेकी छिन "मैले दिन नसकेको माया,साथ र खुशी दिने मान्छेको छिटै प्राप्ती होस,जन्मदिनको असिम शुभकामना छोरिको बाउ"।
केहि महिना अगाडी शंकर र जेरिको सम्बन्ध बिक्षेत भएको थियो।पछि फेरी दुबैले संगै सहकार्य गरेर गीत बजारमा ल्याएपछि सम्बन्ध सुध्रिएको धेरैले महसुस गरेका थिए। शंकर अहिले आफ्नै दोहोरी साँझ जुनकिरी रोधी क्लब संचालन गर्दै आएका छन।लामो समय देखि सम्बन्धमा दरार आएपछि दुबैले छुट्टिने योजना बनाएर एक अर्का बिचको सम्बन्ध टुटाए।
जेरी र शंकर बीचको सम्बन्ध सुध्रिएको हेर्ने धेरै दर्शकको चाहना पनि देखिथ्यो तर दुबैले यो चाहना अधुरै राखे।जेरीकै जन्म दिनको अवसरमा शंकरले आफुहरु छुट्टिनेनै सोच बनाएको सार्वजनिक रुपबाटनै भनेका थिए।लालीगुराँस डटकमका लागि पत्रकार कमल सरगमले लिएको अन्तरबार्तामा दुबैले आफुहरु सल्लाहलेनै एक्लिन खोजेको बताएका थिए। जसमा शंकरलेनै जेरी संग सम्बन्ध सुधार्न नसकिने बताएका थिए भने जेरिले शंकर संग सम्बन्ध चाहेको तर उसैले मलाइ आफ्नो बनाउन नचाएको बताएकी थिइन।
पछि दुवै अदालतमा पुगेर बैबाहिक सम्बन्धबाट बाहिरिएका थिए।सम्बन्ध बिक्षेत हुनु अगाडी फेरी जेरिले अन्तरबार्तामै शंकर क्षेत्रीले गरेको दुर्बेबहर देखि आफुले भोग्नु परेको यातना सम्मको नालीबेली बाहिर ल्याइन । त्यसपछि झन् घटनाले गम्भीर रुप लिएको थियो।लामो समय सम्म यो घटनाको बिषय चासोको रुपमा रहयो।जेरिले आफ्नो बिगतलाई पटक पटक दोहोरी मार्फतनै प्रस्तुत गरिन ।
जेरी र शंकरको भेट कसरी भएको थियो र कसरी अन्तिममा टुट्यो सम्बन्ध थोरै बिगतलाइ सम्झिन्छौ: शंकर बिदेशमा पुगेका थिए । बैदेशिक रोजगारीका लागि विदेश गएका शंकर शाहित्यमा निकै रुची राख्ने गर्थे।उनले पढ्ने गजल कविताले जेरिको मन छोयो।शंकर र लोकप्रिय गायक प्रदिप रोका नजिकका साथी थिए सोहि बिचमा शंकर संग जेरिले भेट्ने मौका पाइन् र बिस्तारै दुवै प्रेममा परे । जेरी त्यो बेलामा भर्खरै दोहोरीमका चल्दै गरेकी गायिका थिईन।
जेरिको टुक्का सुनेर शंकर समेत अचम्म पर्थे यसरी निकै निकट सम्बन्ध बिहे अगाडी पनि पटक पटक टुटिरहेकै हुन्थ्यो धेरै कलाकारले भने जेरिलाई तुरुन्तै बिहे गर्न आग्रह गर्थे । सम्बन्ध टिक्न बिहेनै जरुरत रहेको समेत कलाकारहरुबाट जेरिलाई सुझाब आउँने गर्थ्यो सोहि अनुरुप सल्लाहमै दुइ परिवार राखेर जेरिले भब्य बिहे गरिन।
सयौं कलाकारहरुको बिचमा जेरिले शंकर संग लगनगाँठो कसिन र बैबाहिक जीवनमा प्रवेश भईन । सफल प्रेम जोडी बिहे सम्मको यात्रामा पुग्दा निकै उत्साहित थिए जेरी र शंकरका सुभचिन्तक । चकलेटी शंकर बोलि पनि उतिकै मिठो तस्तै मिठो शैली जेरिमा पनि थियो।दुबैले एक अर्कालाई नजिक बाट माया गरिरहे तर बिहे भएको केहि समयमै फाटफुट हल्लाहहरु आउन थाल्यो जेरी र शंकर बीच सधै लफडा हुने रहेछ भनेर।यही घटनालाइ सम्हाल्न कलाकारहरुले धेरै सुझाब दिए जेरी र शंकरलाइ ।जव छोरीको जन्म भयो त्यसपछि झन् दुबैले एक अर्कालाई दोषारोपण लगाउन थाले र अन्तत बिहे गरेको २ बर्षमै सम्बन्ध तोड्ने निर्णयमा पुगे। ति २ बर्षको समय यो जोडीलाई जुगौ जुग झैँ भएको थियो।अरुकै कुरा सुन्ने र धेरै बाहिरि कुरामा ध्यान दिदा पनि दुबैको सम्बन्ध टुटेको हुन सक्ने धेरैको आशंका छ।जे जस्तो भएपनि शंकर र जेरिको अहिले पनि राम्रै कुरा हुने गरेको पाइएको छ।
अहिले शंकरलेनै छोरीलाई राखेकी छिन।छोरीको हेरचाह गरिरहेका शंकर पनि जेरी संग फेरी मिलन सोच्न पनि नसकेको बिषय रहेको बताउछन।नया जीवनको सोचमा आफु पुगिसकेको र छोरीलाई दिनु पर्ने प्रेम दिने समेत शंकरले बताए । जेरी आउने बितिकै छोरीलाई जेरीकै जिम्मा लाउने समेत उनको भनाइ छ ।शंकरलाई जन्म दिनको शुभकामना ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209