Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एनआरएनए माल्टामा रेम्स खनालद्वारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता, श्रमिकको नेतृत्व गर्ने घोषणा

एनआरएनए माल्टामा रेम्स खनालद्वारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता, श्रमिकको नेतृत्व गर्ने घोषणा

काठमाडौं । एनआरएनए एनसिसि माल्टाको आगामी २०२३-२५ कार्यकालको लागी रेमलाल खनाल (रेम्स) ले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका छन् । खनालले आफु श्रमिकको नेतृत्व गर्नको लागि आफुले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएको बताए ।

खनालले अत्याधिक मतका साथ विजयी गराउन अपिल गरेका छन । उनले भनेका छन,‘म श्रमिक हुँँ मलाइ श्रमिकको नेतृत्व गर्नु छ । मलाइ कालो कोट टाइमा सजिएर आउनु थिएन छैन पनि । म ग्राउण्ड तहबाट आएको हुँँ र सधै तपाईहरुमाझ रहने बाचासहित आशा छ अत्याधिक मत दिएर विजयी गराउनुहुनेछ । म ह्जुरहरुको आशा भरोस र माया, सल्लाह, सुझाव सधै मार्गनिर्देशन हुनेछ।’

को हुन रेमलाल खनाल (रेम्स) ?

गुल्मी जिल्ला रेसुङगा नगरपालिका वडा नं ५ मा जन्मिएका हुन रेम्स खनाल । गाउँकै विद्यालयबाट प्राथमिक र माध्यमीक तहकाे शिक्षा हासिल गरेका उनले गुल्मीको सदरमुकाम रेसुङ्गा बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे । विद्यार्थी जीवनकालमै गाउँमै क्लब स्थापना गर्नेदेखि उच्च शिक्षा हासीलकाे क्रममा सदरमुकाम रह्दा NGO काे स्थापनादेखि राजनिति तथा सामाजिक कार्यमा सदैब अग्रसर रहदै आएका खनाल स्वच्छ छवी भएका, इमान्दार व्यक्ती हुन ।

लुम्बिनी इन्जिनरीङ क्याम्पसबाट थप शिक्षा हासिल गरेका उनले बैदेशिक राेजगारीका क्रममा साउदी अरेबियामा ३२ महिना samsung cnt engineering काम गरे । त्यसपछी भने हाल बैदेशीक राेजगारीका क्रममा माल्टामा सन २०१७ देखी हाल सम्म रहदै आएका छन । सुरूवाती चरण अर्थात करिब चार वर्षअघी cleaning पेशागरी अहिले आफ्नै ब्यवसाय सञ्चालन गर्न सफल सरल र साधारण खनाल NRNA काे स्थापनाकालमा उपाध्यक्ष र त्यस पछिकाे कार्यकालमा बरिष्ठ उपाध्यक्षको रुपमा कार्यकाल सम्हाल्दै आएका थिए । उनले नेपाल माल्टा च्यारिटी अरगनाईजेसनकाे co-founder रहदै valletta मा सम्पन्न Nepal -day. कार्यक्रममा संयाेजक भई कार्य- गरिसकेका छन ।