Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रकाश सपुत बिदेशी संग छमछमी नाचेको खेम सेन्चुरीको स्वरको तीज गीत रातारात बन्यो भाइरल,युटुबको ट्रेनिङमा प्रवेश

प्रकाश सपुत बिदेशी संग छमछमी नाचेको खेम सेन्चुरीको स्वरको तीज गीत रातारात बन्यो भाइरल,युटुबको ट्रेनिङमा प्रवेश

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुलाई तीजको चटारो बढेको छ।तीजको गीतहरु यो पटक खासै नआउदा चिन्तित दर्शकलाई खेम सेन्चुरीले तिर्सनानै मेटाईदिएका छन नया गीत बजारमा ल्याएर।केहि दिन अगाडी टिकटकमा एउटा क्लिप्स निकै भाइरल बन्यो ,प्रकाश सपुत र केहि बिदेशी नागरिकहरु उक्त गीतमा छमछमी नाच्दै थिए जुन गीत खेम सेन्चुरीले गाएका थिए।धेरैले टिकटकको भिडियोहरुमा गीत खोजेको भेटिएन भन्ने मात्रै प्रतिक्रिया दिदै बसेका थिए।बल्ल गीत सार्वजनिक भएको छ।

गीत बजारमा आएको चौबिस घण्टा पनि नबित्दै गीत निकै लोकप्रिय बनेको छ।युटुबको ट्रेनिङमा समेत परेको गीत "कमाउनेनि हो ,रमाउनेनी हो"को हामीले रिपोर्ट तयार पर्दै गर्दा झन्डै ५ लाख हाराहारीमा हेरिएको छ।संगीत बजारमै खडेरी लागिरहेको बेलामा यतिधेरै हेरिनु भनेको आफैमा सृजना अब्बल भएको महसुस गरिन्छ।खेमका हरेक गीत तीजमा हिट हुने गर्दछन।दोहोरीमा अहिलेको समयमा युवा पिडिमै पहिलो नम्बरमा काउन्ट गर्ने हो भने गायन/सृजना र अभिनय सबैबाट अब्बल खेम सेन्चुरीनै पर्ने गर्छन।खेम सेन्चुरीलाइ गीतमा अहिलेकी अर्की अब्बल गायिका सुनिता बुढाले आवाज दिएकी छिन भने शब्द नेत्र अर्यालले लेखेका छन।खेम सेन्चुरीकै संगीत तथा थेगो रहेको गीत "कमाउनेनि हो रमाउनेनी हो" ले फेरी तीजलाई बिउताएको छ।

सोचे झैँ जिन्दगि रैनछ गीतबाट तीज गीतहरुको सृजनामा पनि अब्बल सर्जक गायकको रुपमा आफुलाई स्थापित गराएका खेमका झन्डै २ दर्जन बढी गीत करोड क्लब मा प्रवेश भएका छन।यही हिसाब गर्ने हो भने पनि सबै भन्दा बढी करोड क्लब प्रवेश गर्ने सृजना गाउने र संगीत गर्ने सर्जकमा खेमनै पर्दछन।संयोगले केहि गीत मात्रै होलान खेमको फ्ल्ब भएको नत्र सतप्रतिशत गीतहरु चलेका छन।यसैले पनि खेमलाइ काम गर्न झन् हौसला मिलेको देखिन्छ।

एउटा सामान्य परिवारमा जन्मिएका खेम सुरुमा दोहोरी साँझबाट संगीत यात्र सुरु गरे,बिस्तारै सर्जकको रुपमा आफुलाई चिनाउन थालेका उनि एक्कासी आफै गाउँन थाले आफ्ना सिर्जनाहरु।सुरु सुरुमा आफ्नो स्वर मन नपराउने खेम पछि त् दर्शकको पहिलो रोजाईको आवाज बन्द अचम्मितनै भए।खेमले कल्पना समेत गरेका थिएनन कि आफ्नो आवाज यतिधेरै दर्शकले मन पराउलान भनेर।खेमले सृजना गरेको गीत "चिया छानेको"पहिलो करोडमा प्रवेश गरेको गीत थियो त्यस पछि त् उनले जुन गीत गाएपनि करोडमा पुगिहाल्ने अबस्था बन्न थाल्यो।खेमको संगीत यात्रा फस्टाउनु पनि उनले आफ्ना साथीहरु निकै संघर्षसिल व्यक्तिलाई मात्रै बनाउछन।अग्रजहरु संग झुक्न जान्ने खेम संगीतको पुजारिनै मानिन्छन।खेमको यो साल पनि २ दर्जन बढी तीज गीत आउने आकलन गरिएको छ ।तर खेमले कम सृजना मात्रै बजारमा ल्याउने सोचेको एक कलाकार बताउछन।

खेमलाइ सुरु देखिनै सम्भु कुवंर संगको सहकार्य निकै फापेको देखिन्छ।शम्भु खेमको सबै भन्दा नजिकको साथि हुन्,खेमले दाइ सम्बोधन गर्छन सम्भुलाई,सुरुको संघर्षदेखिकै मित्रता यी दुईको परिवारको दाजु भाइको भन्दा प्रिय देखिन्छ,लोभलाग्दो यी दुई दाजु भाइको प्रेम यही नया गीत सम्म आएर जोडिएको छ,यस गीतमा पनि सम्भु कुँवरकै प्रस्तुति रहेको छ । गितको म्युजिक एरेन्ज बिनोद बाजुराली ले गरेका छन् ।रेकर्डिङ गोबिन्द पराजुली र सागर बाजुराली ले गरेका हुन् भने मिक्सिङ्ग खड्क बाजुराली ले गरेका छन् । आवाज सम्पादक राजेन्द्र बाजुराली ले गरेका हुन ।

उक्त गितको अडियो निर्माण मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । भिडियोम प्रकाश सपुत र जुना बिश्वकर्मा लगायतको अभिनयमा रहेको गितको भिडियो निर्देशन शंकर बि सी ले गरेका छन् । बिदेशी समेत छमछमी नाचेको गीत अहिले संगीत बजारको पहिलो रोजाई बन्न सफल भएको छ

भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रा.लि युट्युब च्यानल म हेर्न सकिन्छ ।