Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गीतकार राज क्षेत्रीको ‘जाने रहेछौ’ सार्वजनिक

गीतकार राज क्षेत्रीको ‘जाने रहेछौ’ सार्वजनिक

काठमाडौँ । गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘जाने रहेछौ’ बोलको नयाँ म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

शुक्रबार राज क्षेत्री युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतलाई राज क्षेत्रीले लेखेका हुन् ।

भिडियोमा आकाश श्रेष्ठ र रेश्मा घिमिरेलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

प्रशान परियारको संगीत रहेको गीतमा उनी र नवीन सुनारको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ ।

उक्त गितको सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छाँयाकंन रामशरण उप्रेतीले गरेका छन् । उक्त गितको निर्मातमा आसिका दाहाल,हेमराज श्रीपाली, जय परियार र राहाङ राई रहेका छन् ।

म्युजिक भिडियोलाई साजन कटेलले निर्देशन गरेका हुन् ।

https://youtu.be/CmMX5uXIDEc