Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निरोज भट्टको किनारा गीतको बजारमा सर्वाधिक चर्चा

निरोज भट्टको किनारा गीतको बजारमा सर्वाधिक चर्चा

काठमाडौँ। पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा निरोज भट्टको “किनारा” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो। यती बेला गिरीको चर्चा बटुल्ने क्रममा रहेको छ ।

गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।

निरोज भट्टको शब्द कुशल बेलबासेको संगीत रहेको “किनारा” बोलको गीतको यति बेला ब्यापक चर्चा छ। गीतमा बहुचर्चित लोकप्रिय गायिका अन्जु पन्त र कुशल बेलबासेको सुमधुर आवाज रहेको छ भने स्मारिका ढकाल र शिशिर पौडेल फिचरमा छन।

प्रकाश भट्टको निर्देशन छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पदान टेकेन्द्र शाहको रहेको छ।

निरोज भट्टको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।