Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थाले १६औ स्थापना दिवसको अवसरमा एम्बुलेन्स अभियानमा गर्‍यो सहयोग

श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थाले १६औ स्थापना दिवसको अवसरमा एम्बुलेन्स अभियानमा गर्‍यो सहयोग

श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि. चौंरीदेउराली गाउँपालिका -३ काभ्रेले संस्थाको १६औ स्थापना दिवस विभिन्न पेशा ब्यबसाय गरि काठमाण्डौमा रहनु भएका आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई जमघट गराई अन्तरक्रिया कार्यक्रम गरि आफ्ना सदस्यहरुमाझ मनाएको छ।

संस्थाका अध्यक्ष श्री लक्ष्मण गौतमको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा सहकारी अभियानका मुर्धन्य व्यक्तित्व, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष श्री के बि उप्रेती ज्युको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका भूपू अध्यक्ष, हालका सल्लाहकार, वडा नं. ३ का वडा अध्यक्ष श्री चित्र प्रसाद चौलागाई ज्युले विशेष आतिथ्यता गर्नु भएको थियो।कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, सबै भू पु अध्यक्ष ज्युहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा १०६ भन्दा बढी सदस्यहरुको उपस्थिति भएको थियो।

कार्यक्रममा बोल्दै राष्ट्रीय सहकारी बैंकका अध्यक्ष तथा प्रमुख अतिथि श्री के बि उप्रेती ज्युले सहकारीमा समस्या आउनुको कारण सदस्य जागरण, शिक्षा तालिम र सुचना नहुनु प्रमुख रहेको बताउनु भयो l केहि संस्थामा समस्या आएको अवस्थामा राम्रालाई पनि एकै रुपमा व्याख्या गर्न नहुने, हरेक सहकारीहरू एक अर्कामा सहकार्य गर्दै अभियानलाई बलियो बनाउनु आजको आवश्यकता रहेको प्रस्ट्याउनु हुदै संस्थालाई बहुउद्धेश्य कार्यहरु अघि बढाउदा राष्ट्रीय सहकारी बैंकले आवश्यक सहयोग गर्ने समेत जानकारी गराउनु भयो । पहिलो सत्रको अन्तमा केक काटी उपस्थित सदस्यहरुमाझ खुसियाली साटासाट गरिएको थियो। साथै परिवर्तित युवा क्लबको नेतृत्वमा माझीफेदा स्वास्थ्य चौकीको पुरानो एम्बुलेन्स प्रतिस्थापन गर्न संचालन गरेको महा अभियानलाई साथ दिदै १६औ स्थापना दिवसको अवसरमा रु. १६११६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो।

दोश्रो सत्रको अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष श्री लक्ष्मण गौतमले सहकारीमा संरक्षित पुँजी फिर्ता कोषको महत्व र सो को कार्यान्वयनको बारेमा चित्रण गर्नुको साथै संस्थामा संकास्पद ऋण, खराब ऋण र त्यसले मुनाफामा पार्ने असरलाई उदाहरण दिदै प्रष्ट पार्नु भएको थियो। साथै संस्थाले नियमित बचतलाइ सबै सदस्यहरुमा अभियानको रुपमा अघि बढाउने समेत उल्लेख गर्नु भएको थियो।

अन्तरक्रियामा सदस्यहरुबाट आएको राय सुझावलाई प्रतिउत्तर दिदै क्षमता हुदाहुदै पनि अटेर गरि संस्थालाई तिर्नु बुझाउनु पर्ने रकम भुक्तानी नगरी खराब ऋणको लिस्टमा परेका सदस्यलाई कानुनि उपचार गर्ने निर्णयमा सबै उपस्थित सदस्यले तालीको गडगडाहटले सम्बोधन गरेका थिए।