लोक दोहोरी क्षेत्रका एक सफल गायक बद्रि पंगेनीले आफ्नो संगीत यात्रालाई सक्रिय बनाइरहेका छन यसैको फल स्वरूप फेरी नया गीत दुई पाईला बजारमा ल्याएका छन।बद्री पंगेनी र एलिना चौहानले आवाज दिएको गीतमा एउटा प्रेमी प्रेमिकाको कहानी र बाध्यताले छुटिनु पर्दाको पिडालाइ प्रष्ट रुपमा गीतमा समाबेस गरेको पाइन्छ।
बद्री पंगेनीकै संगीत र नारायण ज्ञावालीको शब्द रहेको गीतमा अभिनय भने लोकप्रिय गायक तथा मोडल प्रकाश सपुत र पुजा पौडेल लगाएतले गरेका छन।कथा र बिषयबस्तुलाई हेर्ने हो भने जो कोहीको आँखामा आँसु आउछ यो गीत हेरेर।पंगेनीले सधै सामाजिक गतिबिधिलाइ चित्रण गरेरै सृजना बजारमा ल्याउने गरेका हुन्छन।
बद्री पंगेनी आफैले निर्देशन गरेको यो गीतमा प्रकाश सपुतको दमदार अभिनय देखिन्छ।गीतलाई न्याए दिएर प्रकाशले अभिनय गरेका छन।शब्द शब्दमा मननै अमिलो बनाउने भाव छ।बद्रीले यो गीतमा संगीत पनि अलिकति पृथक दिने प्रयास गरेको पाइन्छ।गीत बद्री पंगेनी युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।गीतको भिडियो हेरौ :