Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर भयो : पूर्वअर्थमन्त्री विष्णु पौडेल

नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर भयो : पूर्वअर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको उनले बताए ।

पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराए ।

यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको बताए ।