काठमाडौँ । हेर्दा चकलेटी अनुहार र चट्ट जिउडालको धनी मोडल सरद लामगादेको नेपाली म्युजिक भिडियो क्षेत्रमा केही बर्ष यताबाट चर्चा हवात्तै बढिरहेको छ ।
उनी दिनकै जस्तो विभिन्न चर्चित कलाकार हरुको साथमा म्युजिक भिडियो को सुटिङ मा नै ब्यस्त भेटिन्छन् । सात बर्ष अगाडी तनहुको जसपुरबाट काठमाडौ आयर उनले नेपाली मोडलिङ क्षेत्रमा संघर्ष सुरु गरेका थिय सुरुका दिनमा केही गारो भयता पनि आज भोलि चर्चा सङ्गै ब्यस्तता बढेकोमा निकै खुसी भएको सरद्ले हामी सङ्ग कुराकानिको क्रममा बताए ।
सय वटा भन्दा बढी म्युजिक भिडियोमा निर्त्य तथा अभिनय गरिसकेका सरद ले चल्यो बतास ,दमाइको छोरो दोहोरी गितबाट उत्कृष्ट नव मोडेल को अवार्ड समेत प्राप्त गरिसकेका छ्न ।
दिनकै जसो सुटिङ मा ब्यस्त हुनथाले पछि २३ बर्से उनले औपचारिक शिक्षा भने कक्षा १२ पछि निरन्तरता दिन नसकेको बताए । म्युजिक भिडियो बाहेक सरद देस भरी लाग्ने विभिन्न मेला महोत्सव मा पनि ब्यस्त देखिन्छन् ।
नेपाली कलाकारिताकै लागि आफू जन्मियको र अन्तिम सम्म यसैमा योगदान गरिरहने उनको मनसाय रहेको पनि कुराकानिको क्रममा सरदले मख्ख पर्दै सुनाए ।