Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कवि मनोज सुवेदीको शब्द रहेको गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक

कवि मनोज सुवेदीको शब्द रहेको गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक

काठमाडौँ । गायक प्रविण बेडवालको नयाँ गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक भएको छ।

कवि मनोज सुवेदीको शब्द रहेको गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा महेश खड्काले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाको रहेको छ।

गीतको स्टुडियो भर्सन भिडिओ सार्वजनिक गरिएको हो। पुजा ठकुरीले निर्देशन गरेको भिडिओमा गायक बेडवाल र गीतकार सुवेदी देखिएका छन्।

मुकेश हुमागाईंले छायांकन गरेको भिडिओलाई बिनोद बमले सम्पादन गरेका हुन्।

साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना यस गीतमा समेटिएको छ। आफ्ना कवितामा प्रेमिल शब्दहरू लेख्न रूचाउने सुवेदीले गीतमार्फत कसैसँग प्रेम हुनु नै भुल भएको बताए।

https://youtu.be/s7wn4O793mc