बिन्ध्यबासीनि म्युजिक अवार्ड को १३औं संस्करण आगामी बैशाख २२ गते सम्पन्न हुँदैछ । सो समारोहमा २१ बिधा मा अवार्ड बितरण हुने र ५ बिधामा श्रस्ठा सम्मान हुने कुरा आयोजक संस्था बिन्ध्यबासीनि फाउन्डेसन ले जनायको छ । बिन्ध्यबासीनि म्युजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड संङ्गीतकार प्रकाश गुरुङ लाई,बिन्ध्यवासीनि संगीत साधना सम्मान गायिका सुक्मीत गुरुङ लाई,बिन्ध्यवासीनि कला पत्रकारीता सम्मान नरेश भट्टराई लाई र प्रेमध्वज संगीत रत्न सम्मान गायक संङ्गीतकार भबिन ढुङ्गाना लाई प्रदान गर्ने बिषय निर्णय भै सकेको र झलकमान लोक संगीत सम्मान का बिषयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल को सिफारिस पत्र पर्खिरहेको, पत्र प्राप्ती पछी यो बिषयमा निर्णय गर्ने कुरा फाउन्डेसन ले जनायको छ ।
यस अघि "बिन्ध्यवासिनी संगीत रत्न" सम्मान बाट गायिका अन्जु पन्त बि.सं. २०७१,गायक राजेश पायल राई बि.सं.२०७२,गायक रामकृष्ण ढकाल बि.सं.२०७३, गायिका रिमा गुरुङ होडा बि.सं. २०७४, गायक संङ्गीतकार सुगम पोखरेल बि.सं. २०७५, संङ्गीतकार हरि लम्साल बि.सं. २०७६, गायिकामान्डबि त्रिपाठी ज्यू बि.सं. २०७७ सम्मानित भयको कुरा फाउन्डेसन ले ऊल्लेख गरेको छ । सम्मानको आठौँ संस्करण बाट सो सम्मान अग्रज श्रस्टा श्री प्रेमध्वज प्रधान प्रति समर्पण गर्दै "प्रेमध्वज संगीत रत्न सम्मान" नामाकरण भयको थियो त्यस लगत्तै गायक संङ्गीतकार अजर जंगम ले बि.सं. २०७८ मा यो सम्मान पायका थिए । नगद रु २५ हजार धनरासी सहित को 'प्रेमध्वज संगीत रत्न सम्मान २०७९' गायक संङ्गीतकार भबिन ढुङ्गाना ले प्राप्त गर्नेछन ।
श्रस्ठा सम्मान को निरन्तरता र समग्र नेपालि संगीत क्षेत्र को गरिमा उच्च राख्न यस्ता सम्मान र अवार्ड कार्यक्रम हरु गर्दै आयको कुरा बिन्ध्यवासिनी फाउण्डेसन ले जनायको छ ।