काठमाडौँ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।