Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार साढे १३ अंकले घट्यो

शेयर बजार साढे १३ अंकले घट्यो

काठमाडौँ । शेयर बजार आज दोहोरो अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा झरेको छ ।

बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर घटेको दिन आज जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् ।