Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने

उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गरेका हुन् । साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ ।

घिमिरेको पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।