Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार

शेयर बजारमा ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार आज २० अङ्कभन्दा धेरैले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अरू समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

आज दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।