काठमाडौँ । शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था ली.को सातौँ बार्षिक साधरण सभा तथा संस्थाको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
प्रमुख अतिथी चौरिदेउराली गाउँपालीकाका अध्यक्ष रेणुका चौलागाँई, बिशेष अतिथि चौरिदेउराली –३ माझिफेदाका वडा अध्यक्ष चित्रप्रसाद चौलागाँई र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा शनिबार भब्यका साथ सम्पन्न भएको हो । जस्मा ४ वर्ष कार्यकाल रहने गरि संचालक समिती तर्फबाट अध्यक्षमा बिरबल गौतम, उपाध्यक्षमा षडानन्द गौतम,सचिबमा शिव प्रसाद ढुङ्गेल ,कोशाध्यक्षमा बेद प्रसाद गौतम, सह–सचिबमा रश्मि कुमारी खड्का, संचालक सदस्यमा उमादेवी चौलागाईं, संचालक सदस्यमा कुमार गौतम निर्विरोध चयन भएका छन् ।
यस्तै लेखा सुपरिवेक्षण समिती तर्फ संयोजकमा बिष्णु प्रसाद सापकोटा, सदस्यमा मित्रलाल चौलागाईं , कमल प्रसाद काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।
सस्थाका बित्तिय बिवरणमा गत आ.व को तुलनामा शेयर पुँजि ०.४९, बचत निक्षेप २९, कर्जा लगानी २५.७६, जगेडा कोष ५१.८७, अन्य कोष ५.०९, खुद आम्दानी ४.२२ र वासलात २१.९५ प्रतिशतले वृद्धि गर्दै ११ करोड ९१ लाख ५८ हजार ७ शय ४० रुपैयाँ ६२ पैसाको वासलात निर्माण गर्न सस्था सफल भएको छ।

आगामी वर्षमा संस्था अझ सकृय र आक्रामक रुपमा सदस्य बिस्तार र बित्तिय विवरणहरुको प्रगति प्रतिशत वृद्धि गर्दै लग्नको लागि लागि पर्ने संस्थाका प्रबन्धक दिपेन्द्र चौलागाईंले जानकारी दिए ।
आगामी दिनहरूमा सस्थाको गतिविधिहरु र कारोबारलाई अझ सकृयताका साथ अघि बढाउने निर्वाचित पदाधिकारीहरुको प्रतिबद्धता छ ।