Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा आज साढे ३ अर्ब रुपैयाँको कारोबार

शेयर बजारमा आज साढे ३ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ । मङ्गलवार सामान्य घटेको शेयर आज उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अङ्कले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् ।