काठमाडौँ । शेयर बजार आज पनि बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ ।
बजार बढेको दिन दुई सय ५३ वटा कम्पनीको ८२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नबिल बैंकको १६ करोड ८४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।