Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा ९३ करोड रुपैयाँको कारोबार

शेयर बजारमा ९३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स होटल र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

दुई सय ५७ वटा कम्पनीको ३० लाख २२ हजार कित्ता शेयर ९३ करोड आठ लाख रुपैयाँमा कारोबार भएको छ ।