Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार घटेर ७७ करोड ७० लाख रुपैयाँमा सीमित

शेयर बजार घटेर ७७ करोड ७० लाख रुपैयाँमा सीमित

काठमाडौँ । शेयर बजार आज फेरि घटेको छ ।

हिजो १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो ।

आज कारोबार रकम पनि घटेको छ । हिजो एक अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ४८ वटा कम्पनीको २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।