Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सुनको भाउ ३०० रुपैयाँले घटेको छ

आज सुनको भाउ ३०० रुपैयाँले घटेको छ

काठमाडौं,  सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी १४ सय रुपैयाँ कायम रहेको थियो ।