काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन आज पनि घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स, अन्य र जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ८३ वटा कम्पनीका २५ लाख ८१ हजार कित्ता शेयर ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो ।