Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार २ अङ्कले बढ्यो

शेयर बजार २ अङ्कले बढ्यो

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १६ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव २२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ ।

नेप्से सामान्य बढेको दिन दुई सय ४३ वटा कम्पनीको ३६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।