Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजारमा हरियाली, झन्डै १ अर्ब रुपैयाँको कारोबार

शेयर बजारमा हरियाली, झन्डै १ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार आज सामान्य बढेको छ ।

सोमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स,फाइनान्स,जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल,उत्पादन,बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ ।

नेप्से सामान्य बढेको दिन दुई सय ३४ वटा कम्पनीको २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ ।