Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेयर बजार साढे २५ अङ्कले बढ्यो

शेयर बजार साढे २५ अङ्कले बढ्यो

काठमाडौँ । शेयरबजार आज पनि दोहोरो अङ्कले बढेको छ ।

हिजो १३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम पनि निकै बढेको छ ।

आज दुई सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।