Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज शेयर बजार साढे ६ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

आज शेयर बजार साढे ६ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

काठमाडौँ । पाँच दिनपछि हिजो सोमवार एक दिन बढेको शेयर बजार आज फेरि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ । बैंक र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २९ वटा कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर एक अर्ब दुई करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ ।